विद्यालय कर्मचारीहरुले गरे आन्दोलनका कार्यक्रम घोषणा

|

बैशाख १९, काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

नेपाल विद्यालय कर्मचारी परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलन परिचालन कमिटीको संयोजक बब्बन मिश्र तोकिएका छन् । आन्दोलन वैशाख २१ देखि सञ्चालन हुनेछ । कक्षा १२ को परीक्षामा कालोपट्टी बाँधेर काम गर्ने बताइएको छ ।

सरकारले शिक्षकहरुसँग गरेको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेका हुन् । उनीहरुले शिक्षकसँग सहमति गर्दा विद्यालय कर्मचारीका माग सम्बोधन नगरेको आरोप लगाएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित