शिक्षक र सरकारबीच वार्ता हुदै

|

बैशाख १३, काठमाडौँ। २५ दिनदेखि आन्दोलनरत रहेको शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता सुरु भएको छ।

काठमाडौंमा आन्दोलित शिक्षकका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्तको आह्वानमा वार्ता सुरु भएको हो। शनिबार बिहान शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीसँग वार्ता भइरहेको छ।

शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा सहभागी छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित