वैशाख १२, सप्तरी /चन्दन रजक। हनुमाननगर कंकालिनी नगरपालीका –९ स्थित श्री महावीर उच्च माध्यमिक विद्यालय जहदामा दुई कोठे भवन निर्माण हुने भएको छ ।
२५ (पच्चीस) लाखको लागतमा भवन निर्माण हुने भएको हो । शुक्रबार उक्त भवनको शिलान्यास जनमत पार्टीको राष्ट्रिय परिषद् अध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जय कान्त राउत र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

विद्यालय शिलान्यास गर्दै मन्त्री मियाँले निर्माण कार्यमा गुणस्तर र समयमै काम सम्पन्न गर्न आग्रह गरे।
“यस काममा कुनै प्रकारको लापरवाही वा ढिलाइ हुनेछैन’ उनले भने, ‘यदि काम राम्रोसँग भएन भने म कसैलाई पनि छोड्दिनँ।
शिलान्यास कार्यक्रममा नगर प्रमूख विरेन्द्र माझी जनमत पार्टी जिल्ला इ्चार्ज राम गमन साह, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीयहरूको उपस्थिती रहेकाे थियो ।






