वन मन्त्री साहद्वारा सडक ढलानको शिलान्यास

|

वैशाख ०६, सिरह/ चन्दन रजक। मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं १ बन्दीपुर मा सडक ढलान कार्यको शिलान्यास गरेका छन्।

आज आयोजित एक समारोहमा मन्त्री साहलले सडक ढलानको शुभारम्भ गरेका हुन्। शिलान्यास  कार्यक्रममा कर्जन्हा नगरपालिका नगरप्रमुख भोला प्रसाद पोख्रेल र सोही वडाका अध्यक्ष फडिन्द्र प्रसाद पोखरेल,विद्यार्थी जनमत सङ्घका जिल्ला अध्यक्ष अरविन सहनी, नन्देव यादव,रामरतन मुखिया लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

शिलान्यासको क्रममा मन्त्री साहले सडक निर्माण कार्यको गुणस्तर र समयमै काम सम्पन्न हुने कुरामा जोड दिएका थिए। उनले भने, “यस काममा कुनै प्रकारको लापरवाही वा ढिलाइ सहनयोग्य हुनेछैन। यदि काम राम्रोसँग भएन भने म कसैलाई पनि छोड्दैन,“ उनले भने।

स्थानीयवासीले सडक ढलान सुरु भएकोमा खुसी व्यक्त गरेका छन्। यो सडक ढलान सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई आवतजावतमा थप सहजता हुने विश्वास लिइएको छ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित