वैशाख ०५,काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीमाथि अनुसन्धान गरी कारबाही गर्न उजुरी परेको छ । उनीमाथि छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
गत बुधबार बैशाख ३ गते दर्ता भएको उजुरीमा उनले अध्यक्ष हुनका लागि पेश गरेको अनुभवको कागजात नक्कली बनाएको र हाल सो संस्थामासमेत काम हुन नसकेकाले उनी नक्कली हुन् भन्ने व्यवहारमा पुष्टि हुँदै आएको उल्लेख छ ।
नियुक्ति दिँदा अध्यक्ष भण्डारीले पेश गरेको अनुभवको कागजातमा नेपालको कम्पनीमा काम गरेको समयमै विदेशी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा काम गरेको उल्लेख छ ।
एकैपटक नेपालको कम्पनी र बुरुण्डीको कम्पनीमा काम गरेको अनुभव पेश गरेका कारण सो कागजात शंकास्पद भएकोसमेत देखिएको स्पष्ट हुने दाबी गरिएको छ ।






