सुनको मूल्य बढ्यो

|

चैत २७,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पाँच रुपैयाँ बढेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित