चैत ०१,काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो ।





