काठमाडौं उपत्यका भित्र ट्राफिक जाँचमा कडाइ

|

फागुन २९,डेस्क। फागु मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ।

काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानैदेखि फागु मनाउन शुरु भएकोमा फागुलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।

फागु पर्व मनाउने नाममा उच्छृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न जाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा प्रहरीले सवारी रोकेर चालकले मादक पदार्थ सेवन गरे-नगरेको भनी जाँच गरिरहेको छ।

नेपाल प्रहरीले सुव्यवस्थित, सभ्य र सतर्कताका फागु खेल्न आग्रह गरेको छ। साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर फागु नखेल्न पनि आग्रह गरेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित