मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै,भोलि अन्तिम दिन अन्तरगृह घुम्ने

|

फागुन २९,जनकपुरधाम। पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै छ ।

परिक्रमा यात्रुहरू १४औं दिन हिजो भारत बिहारको विसौलमा विश्राम गरेपछि आज १५औं दिन जनकपुरधाम आउन लागेका हुन् ।

जनकपुरधाम प्रवेश गरेका तीर्थयात्रीहरू ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य स्थानहरूमा विश्राम गर्नेछन् ।

फागुन १५ गते धनुषाको मिथिला नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा जनकपुरमा किशोरीजीको डोला समावेश भएपछि विधिवत रूपमा प्रारम्भ भएको थियो ।

फागु पूर्णिमाको अवसरमा आज जनकपुरधाम फर्किएका तीर्थयात्रीहरूले भोलि अन्तिम दिन अन्तरगृह परिक्रमा गर्नेछन् ।

शुक्रबार परिक्रमा समापन भएसँगै पर्सी शनिबार मिथिलाञ्चलभरि होली पर्व उल्लासका साथ मनाइनेछ ।

चर्चित समाचार


भर्खरै प्रकाशित