मनराशिसवा नगरपालिकाको प्रशासकीय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न

|

फल्गुण २३, डेस्क । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाको प्रशासकीय भवनको समुद्घाटन कार्यक्रम आज शुक्रवार सम्पन्न भएको छ।

मनराशिसवा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय (प्रशासकीय भवन)को पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसको सभापति शेर बहादुर देउवाले समुद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै, प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय जनप्रतिनिधिहरू, प्रशासनिक अधिकारीहरू तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

करिब १६ कठ्ठा क्षेत्रफलमा फैलिएको तीन तल्ले प्रशासकीय भवनको शिलान्यास मिति २०७७ कार्तिक १० गते सोमवार तत्कालीन मेयर संजय कुमार सिंहले गरेका थिए । करिब रु. १० करोडको कुल लागतमा निर्माण भएको उक्त भवनको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसको सभापति शेर बहादुर देउवाले गरेका छन् ।

करिव ४ वर्ष ६ महिनाको अवधि लगाएर काठमाडौंकाे सिनर्जी/ ज्ञानज्याेती जे भि कम्पनीले उक्त भव्य भवनको निर्माण कार्य सम्पन्न गरेको हो ।
नयाँ प्रशासकीय भवन अत्याधुनिक संरचनाका साथ निर्माण गरिएको छ। भवनभित्र नगरपालिकाका सबै महत्वपूर्ण शाखाहरू रहनेछन्, जसले सेवाग्राहीलाई एकै छानामुनि सम्पूर्ण सेवा प्राप्त गर्ने सुविधा दिनेछ। साथै, भवनमा प्रविधियुक्त सभाकक्ष, बैठक हल, अभिलेख कक्ष, प्रशासनिक कोठाहरू, मेयर तथा प्रमुख पदाधिकारीहरूको कार्यकक्ष, पार्किङ सुविधा लगायतका व्यवस्था गरिएको छ।

नगरपालिकाले नयाँ भवनबाट सञ्चालनमा आएपछि सेवा प्रवाह सहज हुने बताएको छ। पुरानो भवन साँघुरो र सुविधाविहीन भएकाले सेवाग्राहीले कठिनाइ झेल्नुपरेको थियो। नयाँ भवन सञ्चालनमा आएपछि जनताको पहुँच सहज हुने, सेवा छिटो छरितो हुने र स्थानीय प्रशासनको कामकाज व्यवस्थित हुने विश्वास गरिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित