रिंकु सदाको बलात्कार र मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ

|

फागुन २१,डेस्क। सिरहाकी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । घटनाका मुख्य आरोपी रहेका रुपेश मण्डल पक्राउ परेका हुन् ।

मण्डललाई पक्राउ गरेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी थिइन् ।

आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुन्डिएको अवस्थामा ३० माघको राति ७ः२० मा मृत भेटिएकी थिइन् ।

मृत्यु हुनुअघि रिंकुले आफूमाथि बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित