फागुन २०,डेस्क। अष्ट्रेलियामा ग्लाेबल नेपाली फिल्म अवार्ड आयोजना हुन भएको छ। डि व्वाइज इन्टरटेन्मेन्टले आगामी मे २८ देखि जुन १ सम्म अवार्ड आयोजना गर्न लागेको हो।
नेपाली फिल्म र पर्यटन प्रवर्द्वनको उद्देश्यले अवार्ड आयोजना गर्न लागेको डि व्वाइज इन्टरटेन्मेन्टका प्रमुख गणेश मल्लले बताए।नेपाली फिल्मको विभिन्न विधालाई समेटेर अवार्डको आयोजन गर्न लागिएको हो। तीन दर्जन बढी कलाकार तथा फिल्मकर्मीलाई सहभागी गराएर अवार्ड आयोजना गरिने मल्लले जानकारी दिए।
फिल्मका नोमिनेट कलाकार, चिनिएका प्राविधिक, कला पत्रकार, आयोजक र फिल्मकर्मीबाहेक अन्यलाई कार्यक्रम सहभागी नगराउने आयोजकले जनाएको छ। अवार्डमा २०८० सालमा प्रदर्शन भएका फिल्ममार्फत छनोट गरिनेछ। फिल्मको दर्ता सुरु भएको आयोजकले जनाएको छ।
अवार्ड समारोहपश्चात नेपाली फिल्मको बजार, दर्शकको अवस्था र प्रवर्द्वनअन्तर्गत विदेशी फिल्मकर्मी, पाहुना र नेपाली फिल्मकर्मीबिच संवाद तथा अन्तर्क्रिया कार्यक्रमको पनि तयारी भइरहेको छ।
अवार्डमा विभिन्न १८ वटा विधाह समावेश गरिएको छ। वरिष्ठ फिल्मकर्मीहरुबाट जुरीको निर्णयअनुसार अवार्ड प्रदान गरिनेछ। फिल्म, निर्देशक, कथा, संगीत, अभिनेता, अभिनेत्री, चरित्र कलाकार, गायक, गायिका, छायाकर, सम्पादक, ब्याकराउण्ड स्कोरलगायत विधा समावेश गरिनेछ। यस्तै पपुलर हिरो हिरोईनअफ द ईयर, एकजना फिल्म पत्रकार, एकजना विशिष्ट फिल्मकर्मी नगदराशीसहित अवार्ड प्रदान गरिनेछ ।
अवार्डमा समावेश हुने विधा, सहभागी कलाकार तथा अवार्डको जुरी र अन्य कार्यक्रमबारे केही समयपछि पत्रकार सम्मेलनमार्फत जानकारी गराउने आयोजकले जनाएको छ।
पछिल्लो समय नेपाली फिल्मको बजार अष्ट्रेलियामा राम्रो हुँदै गएको छ। अष्ट्रेलियामा नियमित रुपमा अधिकांश नेपाली फिल्म प्रदर्शन भइरहेको छ। केही प्रतिक्षित फिल्मले करोड भन्दा माथिको ब्यपार अष्ट्रेलियामा गरिरहेको छ। यसले नेपाली फिल्मको बजार प्रवर्द्वन भइरहेको छ। फिल्ममार्फत नै पर्यटन र नेपाली फिल्मका दर्शकमा पनि प्रवर्द्वन हुँदै आएको छ। डि व्वाईजले अष्ट्रेलियामा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।






