आन्दोलनमा उत्रिएका ग्यास उद्योगीहरुलाई आपूर्ति मन्त्रालयको वार्ता प्रस्ताव

|

फाल्गुन १९,डेस्क। सरकारले माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएका ग्यास उद्योगीसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफलका लागि बोलाएको छ ।

आइतबार विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगीहरूका समस्या सम्बोधनका लागि मन्त्रालयमा छलफलका लागि बोलाइएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

‘हिजो पनि छलफल भएको थियो । ग्यास उद्योगीका माग सम्बोधन गर्नका लागि आज पनि छलफल छ,’उनले भने,‘अत्यावश्यक वस्तु आयात तथा बिक्री ठप्प पार्न पाइँदैन । ग्यास बिक्री रोकिँदैन । उद्योगीका समस्या चाडै समाधान गर्छौँ ।’

यसअघि आन्दोलनरत उद्योगीलाई गत माघ ३० गते मन्त्रालयमा बोलाएर छलफल गरिएको थियो । मन्त्रालय, नेपाल आयल निगम, वाणिज्य विभागका पदाधिकारीसहितको छलफलमा उद्योगीका जायज माग पुरा गर्ने सहमति भएसँगै उद्योगीले आन्दोलन स्थगित गरेका थिए । तर फेरि माग सम्बोधन नभएको भन्दै आइतबारदेखि उद्योगी आन्दोलनमा छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित