चट्याङ लागेर ३ जना घाइते

|

फागुन १७,मकवानपुर। चट्याङ लागेर मकवानपुरमा तीन जना घाइते भएका छन् । शनिबार दिउँसो मनहरी गाउँपालिका-६, रुपाचुरीस्थित मंगल मुक्तानको घरबाहिर बसिरहेको अवस्थामा हावाहुरीसहित पानी र चट्याङ पर्दा उनीहरू घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ३८ वर्षका मंगल मुक्तान मुखबाट रगत बगिरहेको अवस्थामा उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको छ ।

उनको छोरा १८ वर्षका कल्सान र स्थानीय २७ वर्षकी कालिमान बल पनि घाइते भएको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित