माध्यमिकी परिक्रमाका आज गिरिजा स्थान पुग्दै

|

फागुन १७,जनकपुरधाम। मिथिला माध्यमिकी परिक्रमाका आज भारतको गिरिजा स्थान (फुलहर) पुग्दैछ । मिथिलाको महाकुम्भ भनिने १५ दिने परिक्रमा यात्रा बिहीबारदेखि सुरू भएको छ । धनुषाको मिथिलाविहारी–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट मिथिलाविहारीको प्रतिमा डोलामा राखी सुरु भएको यात्रा जनकपुरधाम–८ स्थित अग्निकुण्डको सुन्दर सदनबाट किशोरीजीको डोला लिँदै अघि बढेको छ ।

पहिलो दिन धनुषाको हनुमानगढीमा रात्रि विश्राम गरेको परिक्रमाको टोली दोस्रो दिन रात्रिबासका लागि भारतको मधुवनी जिल्लामा पर्ने कलना पुगेको थियो भने आज गिरिजा स्थान (फुलहर) पुग्दै छ ।

नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छ ।

परिक्रमामा श्रद्धालु भक्तजनहरूले नेपाली भू–भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दुरी परिक्रमा गर्ने गर्छन् ।

आईतबार महोत्तरीको मटिहानी गर्नेछ भने त्यस्को अर्को दिन मडई, ध्वरूकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्नेछ । कञ्चनवनमा परिक्रमामा सहभागीहरूले एक आपसमा होली खेलेपछि औपचारिक रूपमा होलीको शूरूवात भएको मानिन्छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित