करिब चार किलो सुन मलद्वारमा लुकाएको अवस्थामा उच्वेकिस्तानका चार जना पक्राउ

|

फागुन १५, काठमाडौँ। प्रहरीले त्रिभुवन विभानस्थल भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा बुधबार उज्वेकिस्तानका चार जना नागरिकबाट ३ किलो भन्दा बढी तौल रहेको सुन बरामद गरेको छ ।

भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा शंका लागेर खानतलासी गर्दा मलद्वारामा लुकाएको सुन बरामद भएको हो ।

विभानस्थल भन्सार सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक सोमेन्द्र राठौरका अनुसार दुबईबाट काठमाडौं आएको दुबई एफजेएड ५७५ उडानबाट नेपाल आएका उनीहरुमध्ये तीन जना महिला र एक पुरुष छन् ।

नेपाल प्रहरीको सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुको मलद्वारबाट सुनको टुक्रा बरामद गरेको हो । तस्करी समूहले उनीहरुलाई भरियाको रुपमा प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको छ ।

सुनको परीक्षण भने भएको छैन । राठौरका अनुसार सुन भन्सारमा बुझाइनेछ । राठौरले भने, ‘तौल यकिन गरेर भन्सार बुझाउँछैं ।’ विमास्थलमा यात्रा जाँच कक्षको मेसिनले गर्ने जाँच प्रभावकारी नहुँदा अवैध रुपमा हुने कारोबार रोक्न कठिन भएको गुनासो कर्मचारीको रहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित