फाल्गुन १३, डेस्क। जनकपुरधामको रामस्वरुप रामसागर बहुमूखी (राराब) क्याम्पसमा परीक्षाको जिम्मेवारीको विषयमा हिजो कर्मचारीहरूबीच कुटाकुट भएको थियो। उक्त झडपमा दुईजना कर्माचारी घाइते भएका थिए भने त्यहिँ विषयलाई लिएर आज “राष्ट्रिय कर्मचारी संगठन”ले प्रेस विज्ञप्ति जारी गरेका छन्।

नेपाल एउटा संधिय गणतान्त्रिक लोकतन्त्र भएको देशमा सबैले सम्मान रुपमा बाच्न पाउने, बोल्न पाउने र आफना भनाईहरु राख्न पाउने सबैको अधिकार रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसै सन्दर्भमा हिजो विहान नव नियुक्त क्याम्पस प्रमुख संग आज १३ गते देखि संचालन हुने एम. वि.एस. दोश्रो सेमेष्टरको परीक्षा संचालन विषय राखी कुरा गरी रहेको अवस्थामा क्याम्पस प्रमुखले तानाशाहा शैलीमा कुरा गर्नु र आफ्ना आसे-पासे रहेको बाउन्सर लगाई यसै क्याम्पसमा रहेका मुख्य कार्यालय सहायक सुरेन्द्र प्रसाद यादवलाई ज्यान मार्ने उद्देशयले सङघातिक हमला भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
कार्यालय समयमा कार्यालय प्रमुख अगाडी राजनितिक अस्थाको आधारमा ज्यान मार्ने उद्देश्य सहित आक्रमणमा संलग्न जो कोहीलाई तुरुन्त कानुनी दायरामा ल्याइ कानुन बमोजिम कडा भन्दा कडा कारवाईको लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन इकाई समितिले नेपाल सरकारको जिल्ला प्रहरी कार्यालय तथा त्रि.वि पदाधिकारी समक्ष राष्ट्रिय कर्मचारी संगठनले जोडदार माग गरेका छन्।
हाल त्रि.वि. का सम्पूर्ण निकायहरुमा दिन प्रतिदिन कर्मचारीको संख्या घट्दै गईरहेको अवस्थामा यस (रा.रा.व) क्याम्पसमा पनि न्युन कर्मचारीहरुले १६००० हजार विद्यार्थीको कामकाज गरीरहेको अवस्थामा क्याम्पस प्रमुखले आफ्नै मनघडन्त कहानी बनाई सबैलाई काम गर्ने कर्मचारी माथि निराधर रुपले २४ घण्टा काम नगर्ने खाली हल्ला मात्र गर्ने जस्ता आरोप लगाएको राष्ट्रिय कर्मचारी संगठनको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै क्याम्पसमा संचालन हुने CSIT का परीक्षा संचालन गर्ने जो कोही पनि राजनितिक अस्था र विचारका आधारमा हाम्रा कर्मचारीको छोरा छोरीलाई पढ़ने वातावरण मिलाई प्रोत्साहन गर्नुको साटो उसको भविष्य संग खेलवाड गर्ने जस्ता आरोप राष्ट्रिय कर्मचारी संगठनले लागाएका छन्।





