फाल्गुन १२, डेस्क । जनकपुरधामको क्याम्पस चौक स्थित रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस भित्र कर्मचारीहरुबीच कुटाकुट भएको छ ।
कुटाकुटमा एकपक्षलाई सहयोग गरेको भन्दै नेविसंघले अखिलक्रान्तिकारी विद्यार्थी संगठनका केही नेताकार्यकर्तालाई कुटपिट गरेको छ । दुईजना कर्माचारी घाइते भएको धनुषाका एसवी भुवनेश्वर तिवारीले जानकारी दिएका छन
जिल्ला प्रहरी कार्यालय धनुषामा कुटपिट घटनाबारे छलफल गर्न दुबै पक्षलाई बोलाएको छ । भने यस घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।





