त्रिशूलीमा हराइरहेका भारतीय आर्मीको शव १० दिनपछि फेला

|

फाल्गुण ११, डेस्क। नारायणगढ–मुग्लिन सडकखण्ड चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा हराइरहेका रोहित रानाको शव १० दिनपछि आज फेला परेको छ।

सशस्त्र प्रहरीको गोताखोरले आइतबार शव फेला पारेको हो । उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी )मा कार्यरत थिए । नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल गत फागुन २ गते बिहान दुर्घटना भएको थियो ।

मोटरसाइकलबाट उछिट्टिएर करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी नदीमा हराइरहेका रानाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएको थियो ।

जसअनुसार आइतबार विहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले फेला पारेको सशस्त्रका सहप्रवक्ता सैलेन्द्र थापाले जानकारी दिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित