फाल्गुण ११, डेस्क। सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको मृत्यु भएको घटनाबारे सोधपुछ गर्नका लागि शनिबार ८ जनालाई नियन्त्रणमा लिइएको छानबिन समितिका प्रमुख एसएसपी शान्तिराज कोइरालाले जानकारी दिएका हुन्।
‘पञ्चायत बसेका लगायत केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं,’ एसएसपी कोइरालाले भने,’जाहेरी परेकाहरूलाई भने प्रहरीले खोजिरहेको छ।’
रिंकुका परिवारले बिहीबार (फागुन ८ गते ) इलाका प्रहरी कार्यालय लहानमा कर्तव्य ज्यान, जबरजस्तीकरणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा मुद्दामा ८ जनाविरूद्ध पूरक जाहेरी दिएका थिए। यसअघि फागुन १ गते आत्महत्या दुरूत्साहन सम्बन्धीमात्र जाहेरी दिइएको एसएसपी कोइरालाले जानकारी दिएका छन्।






