जनकपुरमा नेकपा एमालेको वडा केन्द्रित पार्टी निर्माण अभियान सम्पन्न

|

फागुन १०,जनकपुर। नेकपा (एमाले) धनुषा जिल्ला कमिटीको आयोजनामा जनकपुरधाममा वडा केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गत विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेकपा (एमाले) धनुषा जिल्ला अध्यक्ष राजकिशोरको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सचिव रघुवीर महासेठले वर्तमान सरकार नेकपा (एमाले) र कांग्रेसको गठबन्धन रहेको बताउँदै देशको समृद्धि र विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

अर्का विशिष्ट अतिथि संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले कार्यक्रममा उपस्थित कार्यकर्तालाई १० बुँदे निर्देशन दिएका थिए। उनले पार्टी सुदृढीकरणका लागि अनुशासन, सक्रियता र जनतामाझ निरन्तर सम्पर्क आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै, मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले ‘मिसन चौरासी’ सफल पार्न सबै कार्यकर्ताले आफ्नो स्तरबाट सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै पार्टी संगठनलाई बलियो बनाउन एकताबद्ध प्रयासको खाँचो औंल्याउनुभयो।

कार्यक्रममा धनुषा जिल्ला इन्चार्ज जुलीकुमारी महतोले चैत महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने निर्देशन दिँदै सबै कमिटीहरूलाई तयारीमा जुट्न आह्वान गरिन्।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, जिल्ला तथा वडा तहका कार्यकर्ता सहित स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित