माघ ३०, डेस्क । झापामा एक महिलाको शव आफ्नै घरभित्र नग्न अवस्थामा फेला परेको छ।
झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बूको शव आफ्नै घरभित्र मङ्गलबार राति फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए। वडाध्यक्ष आङ्गबोका अनुसार गंगाकुमारीका श्रीमान भारतमै बस्दै आएका छन्।
सोमबारदेखि उनी सम्पर्कमा थिइनन्। छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुरयाएको थियो। यस घटनाबारे थप अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ।






