माघ २६, डेस्क । भारतको महाकुम्भ मेला हेर्न जाँदै गरेको बस सुर्खेतमा दुर्घटनामा परेको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिकै भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको सुर्खेत प्रहरीले जानकारी दिएका छन्।
आज आइतबार साँझ पाँच बजेतिर रत्न राजमार्गको बबई–हर्रे सडक खण्डको बबईदेखी एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ बस सडकबाट तल खसेको हो।
उक्त बसमा करिब ४० जना यात्रु सवार भएका थिए। घाइते यात्रुहरूको उद्दार गरी मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरी चौकी बबईले जनाएको छ । भने यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।





