माघ २६, डेस्क । अन्तर्राष्ट्रिय महिला टी-२० त्रिकोणात्मक सिरिजमा नेपाली खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गरेकी अलराउन्डर पूजा महतोले यमाहाको रेजेट–आर हाइब्रिड १२५ स्कुटर जितेकी छिन्।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपालीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई स्कुटर प्रदान गर्ने घोषणा गरेको थियो।
जसमा पूजाले प्रतियोगितामा एक अर्धशतकसहित १३४ रन जोडेकी थिइन्। उनी सर्वाधिक रन प्रहार गर्ने ब्याटरको सूचीको तेस्रो स्थानमा रहिन्।






