१४ सय भाडा नदिएको निहुँमा घरबेटीद्वारा हत्या

|

माघ २५, डेस्क । १४ सय रुपैयाँ  घर भाडा नदिएको निहुँमा पाल्पामा घरबेटीले  एक जनाको हत्या गरेको खुलेको छ  ।

तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले घरभाडा नदिएको निहुँमा डेरामा बस्दै आएका रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेको खुलेको हो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरी अनुसन्धान गर्दा १४ रुपैयाँ घर भाडा नदिएको निहुँमा हँसिया प्रयोग गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुनिल मल्लले जानकारी दिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित