मधेश प्रदेशले माग्यो ५२ जना वन रक्षक पदका लागि कर्मचारी

|

माघ २४,डेस्क। मधेश प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाका “वन सेवा”को सहायक तेस्रो तह वन रक्षक पदको खुला र समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ ।

मधेश प्रदेश आयोगले आज बिहीबार एक सूचना जारी गर्दे प्रदेश निजामती सेवाका वन सेवा, जनरल फरेष्ट्री समूहका सहायक तेस्रो तह वन रक्षक पद प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।

तोकिएका न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित