माघ २४, डेस्क । सुनसरीकोमा बिदेश पठाइदिने बहानामा ठगी गरेको आरोप लागेका एजेन्ट र उनकी श्रीमती माथी कुटपिट भएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ मा विदेश पठाइदिने बहानामा ठगी गरेको आरोप लागेका एजेन्ट र उनकी श्रीमती माथि कुटपिट गरिएका हुन । यस घटनामा संलग्न दुईजना र ठगी आरोप लागेका एजेन्टलाई समेत पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कुटपिट गर्ने बाबु छोरा बेचन मेहता र सरोज कुमार मेहतालाई नियन्त्रणमा लिएको छ। पीडित पक्षका अनुसार एजेन्ट मेहताले विदेश पठाइदिने भन्दै २ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए ।
वडा अध्यक्ष लक्ष्मण मेहताका अनुसार एजेन्ट मेहता माथि यस अघि पनि धेरै ठगिका उजुरीहरू परेका छन् भने केही दिनअघि मात्रै उनि एक ठगी मुद्दामा जमानतमा रिहाई भएका थिए।
कुटपिटबाट घाइते भएका एजेन्ट मेहताको श्रीमतीलाई उपचारका लागि अस्पताल लगिएको छ भने यस घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।






