पाठेघरको मुखको क्यान्सर विरुद्ध एच पि भी खोप लगाउने तयारी पिपरामा २४१३ जना

|

माघ २२,महोत्तरी। पिपरा गाउँपालिकामा पनि पाठेघरको मुखको क्यान्सर विरुद्ध तथा रोकथामको लागि एच पि भी खोप लगाउने चौबिस सय तेह्र जना रहेका छन्।

पिपरा गाउँपालिकामा माघ २४ गते बाट सुरु भएर माघ २८ गते सम्म पाठेघरको मुखको क्यान्सर बिरुद्द खोप संचालनमा रहने गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक रणधिर यादवले जानकारी गराउनु भयो।

उहाले पालिका अन्तर्गत रहेका विभिन्न विद्यालय र ०६ वटा स्वास्थ्य संस्थामा पाठेघरको मुखको क्यान्सर विरुद्ध एच पि भी खोप लगाउने विद्यालयमा कक्षा ६ देखि १० कक्षा सम्म अध्ययन गर्ने किशोरी र विद्यालय नजानेको हकमा दश वर्ष देखि १४ वर्ष भित्रका उमेर समूहका किशोरीहरुलाई खोप लगाइने जानकारी गराउनुभयो।

उहाले खोप सुरक्षित रहेको जानकारी गराउँदै खोप लगाउँदा कुनै समस्या देखिन गएमा पिपरा जनता अस्पतालमा जानकारीको लागि अनुरोध पनि गर्नुभयो।

पिपराको सबै सामुदायिक विद्यालय र ०६ वटा स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको यादवले जानकारी गराउनुभयो।

खोप लगाउँन पिपराको एकरहिया स्वास्थ्य चौकी, पिपरा जनता अस्पताल, सहोडवा स्वास्थ्य चौकी, रतौली स्वास्थ्य चौकी, बनौली स्वास्थ्य चौकी,अतरार आधारभुत स्वास्थ्य केन्द्रमा रहेको छ ।

रणधीर यादवको अनुसार एक लाख महिला मध्य १४ जना भन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र सानो उमेरमा भ्याक्सिन लगाउँदा पाठेघरको क्यान्सर कम गर्न सकिने सरकारको विश्वास रहेको छ। ९ वर्ष देखि १४ वर्ष भित्र भ्याक्सिन लगाउने उपयुक्त उमेर रहेको पनि उल्लेख गरिएको छ।

विद्यालय नजानेको घरमा रहने किशोरी भएको खण्डमा खोप लगाउने कार्यक्रम नछुटाउन अनुरोध पनि गर्नुभएको छ।

कार्यक्रममा पालिकाका सबै वडाका अध्यक्षहरु,जिल्ला स्वास्थ्य कार्यलय महोत्तरीको प्रतिनिधि,WHO को प्रतिनिधि लगायत अन्य विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो।

 

चर्चित समाचार


भर्खरै प्रकाशित