माघ २१, डेस्क । महोत्तरीमा महिलालाई धारिलो हतियार प्रहार गरी बीभत्स हत्या गरिएको छ ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ स्थानीय अभिषेक यादवकी श्रीमती १९ वर्षीय खुश्बु यादवको धारिलो हतियार प्रहार गरी बीभत्स हत्या गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुलाल जैसवारले जानकारी दिए हुन् ।
खुश्बु शनिबार राति घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । खोजीका क्रममा हिजो आइतबार बिहान गौशाला नगरपालिका–५ स्थित विद्युत् प्राधिकरण कार्यालयबाट करिब पाँच मिटर उत्तरको खेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
शवलाई प्रादेशिक अस्पताल पठाइएको छ भने यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीकाले जानकारी दिएका छन ।





