माघ २१, डेक्स । बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
हिजो आइतबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले लु ९४ प ८५९४ नम्बरको स्कुुटरलाई ठक्कर दिँदा चालक ७२ वर्षीय धनबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिएका छन ।
उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका पुनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै यस घटनाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





