तनहुँ : भारतीय ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु

|

माघ २०, डेस्क । तनहुँको व्यास नगरपालिकामा भारतीय ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मुग्लिनबाट दमौली जाँदै गरेको भारतीय एच आर ५५ क्यू ४७११ नम्बरको ग्यास बुलेट शनिबार दुर्घटना हुँदा भारतको विहार राज्य मिर्जापुर पठाही जिल्ला पूर्वी चम्पारण बस्ने ३६ वर्षीय श्रीकान्त कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिएका हुन ।

तनहुँको ब्यास नगरपालिका-१२ कमलबारीस्थित पृथ्वी राजमार्ग सडकमा मुग्लिनबाट दमौलीतर्फ जाँदै गरेको ग्यास बुलेट सडकको भित्तामा ठोक्किएर पल्टिएको हो।

गम्भीर घाइते अवस्थामा उपचारका लागि दमौली अस्पताल पुर्‍याइएकोमा राति चिकित्सकले उनलाई मृत घोषणा गरेको थापाले बताए। अहिले उनको शव अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारेअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित