महोत्तरी: जलेश्वर कारागारमा एक कैदीबन्दीको मृत्यु

|

माघ २०, डेस्क । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–१ का ५६ वर्षीय जोगेन्द्र महरा रहेका छन् ।

कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार अचानक पेट दुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो। उपचारको क्रममा राति २:३० बजेतिर डाक्टरले मृत घोषणा गरिदियो,’ क्षेत्रीले भने ।

२०३८ सालमा गाउँकै एकजनाको खेतमा भएको आगजनी घटना अभियोगमा धनुषा जिल्ला दालतले उनलाई दोषी ठहर गरेको थियो।

घटनापछि फरार सूचिमा रहेका उनलाई करिब २ वर्षअघि धनुषा प्रहरीले पक्राउ गरेर सजाय भुक्तानका लागि कारागार चलान गरेको थियो । साथै यस घटनाबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासन प्रमुखले जानकारी दिएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित