माघ १६, डेस्क। आज बुधबार नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले आमसभा गर्ने निर्णय गरेका छन्। यस्तै बैठकले सातै प्रदेशमा ठुला अन्तर्क्रिया गर्ने निर्णय भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिएका हुन् ।
विपक्षी चार दलीय समाजवादी मोर्चाले माघ २४ गते काठमाडौँमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ । यसैगरी चैतको पहिलो हप्ता मधेसमा ठुलो आमसभा गर्ने निर्णय भएको छ’, उनले भने ।
यस्तै मधेस प्रदेशको संयोजन गर्ने जिम्मा नेसपालाई दिएको यादवले बताए । बैठकले विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने उनले जानकारी दिए ।
तर समीक्षा अध्ययन कार्यदलले प्रतिवेदन नबुझाएको तर छिट्टै बुझाउने विषयमा छलफल भएको उनको भनाइ छ । आजको बैठकले विप्लवलाई नै संयोजनको जिम्मेवारीमा निरन्तरता दिएको छ ।





