माघ १६,धनुषा। आज बिहान धनुषामा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ ।
जनकपुरस्थित एजुकेशनल पोइन्ट एकेडेमीको मधेश प्रदेश ०२ ००१क ०८७१ नम्बरको ठेरा र थुमौनाको बीचमा सडकबाट तल खसेर पल्टेको हो । बसमा सवार मध्ये दुई जना बालबालिका घाइते भएका छन् ।
आज बिहान गाउँबाट विद्यार्थी बोकेर जनकपुर फर्किने क्रममा बस पल्टेको थियो । प्रहरीले दुर्घटनामा परेका बालबालिकाहरुको उद्धार गरी घर पठाइएको जनाइएको छ।





