आज शहीद दिवस मनाइदै

|

माघ १६,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहीद दिवसको अवसरमा माल्यार्पण तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ ।

१२ वर्षदेखि काठमाडौँ महानगरपालिकाको अध्यक्षता शहीद दिवस मूल समारोह गठन भई सप्ताहब्यापी शहीद दिवस कार्यक्रम हुँदै आएको छ । यसै क्रममा यस वर्ष पनि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

त्यसै कार्यक्रमको तालिका अनुसार माघ १६ गते शहीद दिवसको दिन काठमाडौँ महानगरले हरेक वर्ष जस्तै शान्तिबाटिकाबाट शहीद स्मारकसम्म र्याली आयोजना गरिएको थियो ।

र्यालीमा नेपाल सरकारका मन्त्रीहरु, संवैधानिक अंगका पदाधिकारीहरु, सरकारका उच्च पदस्थ अधिकारीहरु, संविधान सभा तथा व्यवस्थापिका संसदका सदस्यहरु भनेर लेखिएका कागजहरु भए पनि कोही र्यालीमा सामेल भएनन्।

चर्चित समाचार


भर्खरै प्रकाशित