माघ ०९, डेस्क। सीजी मोटर्सले आयनको भी मोडल औपचारिक रूपमा सार्वजनिक गरेको छ। चिनियाँ ब्रान्डको आयनले हिजो मंगलबार एक कार्यक्रम गर्दै गाडी सार्वजनिक गरेका हुन्।
उद्घाटन कार्यक्रमलाई चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाणकुमार चौधरीले उद्घाटन गरेका छन्। आयन भी उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ। दुई भेरियन्टमा उपलब्ध आयन भीले प्रत्येक यात्राको लागि उत्कृष्ट प्रदर्शन, आरामदायी सुविधाहरू प्रदान गर्दछ।

एलीट भेरियन्ट्ले ५२० किलोमिटरको रेन्ज प्रदान गर्दछ, जुन ६२.७ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्रिबाट सञ्चालित छ, जसले उत्कृष्ट कार्यक्षमता र भरपर्दो प्रदर्शन दिन्छ।
आयन भी को मूल्य इलाइटको (६४ लाख ९९ )हजार राखेको छ भने लक्जरी भर्जनको (६९ लाख ९९) हजार राखेको छ। यसमा १५ विभिन्न स्मार्ट ड्राइभिङ् फक्शन, म्यागजिन ब्याट्रि, ७ एयरब्यागहरू, र फराकिलो तथा आरामदायी इन्टेरियर समावेश छ। यो एसयूभीले ५–स्टार सुरक्षा मापदण्ड पनि प्राप्त गरेको छ, जसले यसको उत्कृष्ट सुरक्षा क्षमतालाई प्रमाणित गर्दछ।





