माघ ०९, डेस्क । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँले वृद्धि हुँदै सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।





