माघ ०८, डेस्क। टर्कीको एक होटलमा भिषण आगलागी भएको छ । आगलागी हुँदा १० जनाको मृत्यु भएको छ, भने ३२ जना घाइते भएका छन्।
उत्तरपश्चिमी टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी भएको छ । उक्त आगो नियन्त्रणमा लिएको छ । घाइतेहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गरिँदैछ ।
बोलु प्रान्तको कारतलकाया रिसोर्टको रेस्टुरेन्टमा राति आगलागी भएको टर्कीका मन्त्री अली येर्लिकायाले बताएका छन् ।






