माघ ०८, डेस्क। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आज मंगलवार सिंहदरबार भित्र प्रवेश गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र खानेपानी मन्त्री प्रदीप यादवलाई अवगत गराउने उद्देश्यका साथ उनी सिंहदरबारमा पुगेका हुन् ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता नगरेको भन्दै मेयर साम्पाङ रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्न चाहे पनि प्रहरीले गाग्री भने लैजान दिएन। साम्पाङले ल्याएको गाग्री प्रहरीले नियन्त्रणमा लिएको हो। मेयर साम्पाङ रित्तो गाग्रीसहित धरानबाट सोमबार काठमाडौं आएका थिए।
मेयर साम्पाङले आफूलाई सिंहदरबार प्रवेशमा अवरोध नभएको तर गाग्री लैजान नदिइएको बताएका छन्।





