माघ ०८, डेस्क। आज मंगलवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थिर रहेको चाँदीको मूल्य आज भने बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





