रतौली युवा क्लवद्वारा गरीब विपन्न परिवारलाई कम्बल तथा शैक्षिक सामाग्री सहयोग

|

पुष २१,महोत्तरी। रतौली युवा क्लवले गरीब,अशहाय तथा विपन्न परिवारहरुलाई न्यानो कपड़ा स्वरूप कम्बल तथा अन्य सामग्री बितरण गरेको छ ।

रतौली युवा क्लबद्वारा सेभ द चिल्ड्रेनको सहयोग र जलेश्वर नगरपालिकाको समन्वयमा संचालित समुन्नति कार्यक्रम अन्तर्गत जलेश्वर नगरपालिकाको विभिन्न वडाहरुमा बसोबास गरिरहेका गरिव तथा अति बिपन्न समुदायका ६४२ वटा परिवारहरुलाई यस कार्यक्रम मार्फत कम्बल तथा अन्य सामग्री वितरण गरिएको छ।

जसमा ४ जना सदस्य भएका परिवारलाई १ थान कम्बल र त्यो भन्दा बढी सदस्य भएका परिवारलाई २ थान कम्बल बितरण गरिएको छ। ५ देखी १२ वर्ष उमेर समुहका निरन्तर विद्यालय जाने २ जना सम्म सदस्य रहेका बालबालिकालाई प्रति परिवार १ थान र २ जना भन्दा बढी बालबालिका रहेका प्रति परिवारलाई २ थान झोला सहितको पानी पिउने थर्मस, टिफिन बक्स, टुथ–ब्रश, टुथ पेष्ट र स्टेशनरी सामग्रीहरुको सहयोग गरिएको छ।

कुल १०७८ थान शितलहरबाट जीउ ज्यान जोगाउन प्रभावकारी हुने न्यानो कम्बलहरु र २६८ थान बालबालिकाको लागि निरन्तर बिधालय जान सहयोग गर्ने सामग्रीहरु वितरण गरिएको छ ।

त्यस्तै, पिपरा गाउँपालिकाको विभिन्न वडाहरुमा पनि कुल ४८८ थान कम्बल वितरण गरिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित