पुष १३,महोत्तरी। नेपाल प्रिमियर लिग (NPL)का विजेता जनकपुर बोल्टसका खेलाडीहरूलाई मटिहानी नगरपालिकामा आज भव्य स्वागत गरिएको छ ।
जनकपुरबाट मटिहानी नगरपालिकाकामा प्रवेश गरेपछि नगर प्रमुख हरि प्रसाद मण्डलले भब्य स्वागत गरेका थिए ।
खेलाडीहरू मटिहानी आइपुग्दा बाजागाजा सहित मटिहानी बजार क्षेत्रको परिक्रमा गराएका थिए।
यसैगरी मटिहानी स्थित बस स्टेन्डमा आयोजित स्वागत एवं सम्मान कार्यक्रममा खेलाडीहरुलाई २५ किलोको माला लगाएर नगर प्रमुख मण्डलले स्वागत समेत गरेको थियो । कार्यक्रममा खेलाडीहरूको सम्मानमा स्वागत नृत्यसमेत प्रस्तुत गरिएको थियो।






