मलखाद्यको कालाबजारी विरुद्ध जनमत पार्टीको प्रदर्शन

|

पुष ०५,राजविराज। किसानले पाउने मलखाद्यमा भएको कालाबजारी विरुद्ध राजविराजमा बिहीवार जनमत पार्टीले बृहत विरोध प्रदर्शन गरेका छन् ।

जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साहको नेतृत्वमा प्रदेश सभासदस्य र पालिका जनप्रतिनिधि सहितको सहभागितामा खाद्य डिलरको कालाबजारी विरुद्ध विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनमा खाद्य डिलरको कालाबजारी बन्द गर, किसानलाई खाद्य समस्या समाधान गर,कालाबजारी गर्ने डिलरलाई कारबाही गर लगायतका ५ सुत्रिय नारा लगाउँदै राजविराज नगरको विभिन्न भाग परिक्रमा गरेका थिए । र्‍यालीमा जनमत पार्टी मधेस प्रदेश समितिका संसदीय दलका नेता महेश प्रसाद यादव, हनुमान नगरकंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र कुमार माझी, बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव लगायतका जनमत पार्टीका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

कृषि सामाग्री संस्थान कार्यालय राजविराजका प्रमुख सोनेलाल मुरमुका अनुसार गोदाममा ४ हजार १ सय ८६ मेट्रिकटन युरिया, २ हजार १ सय १ मेट्रिकटन डिएपी र १ सय ६ मेट्रिकटन पोटास भण्डार रहेकोमा उक्त मल वितरण भइ सकेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित