सडक खनेर माटो थुपारेकोले महानगरले तिरायो १० हजार जरिवाना

|

पुस ४,काठमाडौं। काठमाडौं महानगरपालिकाले सडक खनेर माटो थुपारेको भन्दै एक जनालाई जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिका-३ धुम्बाराहीकी एलिना कार्कीलाई महानगर प्रहरी बलले १० हजार रूपैयाँ जरिवाना तिराएको हो ।

कार्कीले घरअगाडिको सडक खनेर माटो थुपारेर अलपत्र छाडेको तथा फोहरमैला गरेको महानगरले जनाएको छ ।

मेयर बालेन्द्र (बालेन) शाहको सचिवालयले नियम उल्लंघन गर्ने व्यक्तिहरूलाई महानगरले कानूनी कारबाही गर्दै आएको र यो निरन्तर जारी रहेको जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित