कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौती पूर्ण लक्ष्य

|

पुष ०३, काठमाडौँ। कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेरमा चितवन राइनोजसामू १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पार्‍यो।

कर्णालीका लागि जयकिसन कोल्सावालाले ५३, विल बसिस्टोले ५२, चाडविक वाल्टनले अविजित ४६ र जिसन मक्सुदले १४ रन बनाए। चितवनका लागि सोहेल तन्वीरले दुई तथा शरद भेषावकर, कुशल मल्ल र रवि बोपाराले समान एक विकेट लिए।

रवि बोपाराले १३औं ओभरको चौथो बलमा ५३ रन बनाएका जयकिसन कोल्साबलाई पेभेलियनको बाटो देखाए। ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका उनी शर,दबाट क्याच भए। कुशल मल्लले १४औं ओभरको चौथो बलमा गुल्सनकुमार झालाई खाता पनि खेल्न नदिइ बोल्ड गरे।

चर्चित समाचार


भर्खरै प्रकाशित