सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

|

पुस ०२, डेस्क। आज मंगलवार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला दुई सय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

सोमबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित