ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

|

पुस ०२, डेस्क। दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतकको परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

सोमबार राति राप्ती गाउँपालिका–२ लालमटिया (कटेशनाला नजिक) पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

घाइतेलाई स्वास्थ्य चौकी भालुवाङ लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित