लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति

|

पुस ०२, डेस्क। पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । उनलाई थप ४ दिन हिरासतमा राख्न अनुमति मागिएको कास्कीका एसपी श्यामबाबु ओलियाले बताएका हुन् ।

पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दैछ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिन लागेको हो । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित ५ जना थुनामा छन् । सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित