मंसिर २६, डेस्क। आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुन आज तोलामा दुई हजार रुपैयाँले बढ्दै प्रतितोला एक लाख५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो।
यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २५ रूपैयाँ निर्धारण गरिएको छ ।





