गोपाल सेवा समितिको वार्षिक साधारण सभा सम्पन्न

|

 

मंसिर २५,धनुषा। ३३ औ वार्षिक उत्सवको अवसरमा गोपाल सेवा समिति धनुषाले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्रि सरोज कुमार यादव रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि यादवले यस गोपाल सेवा समितिमा मेरो योगदान रहेको र अगाडी पनि यस्तै सेवा गरिरहने भन्दै समितिलाई सामाजिक कार्यमा निरन्तर सक्रिय रहन सुझाव दिए ।

साधारण सभामा समितिका गत वर्षका गतिविधिहरूको समीक्षा गरिएको थियो भने आगामी वर्षका योजनाहरूको बारेमा विस्तृत छलफल भएको जानकारी गराइएको थियो ।

समारोहमा विभिन्न स्थानीय समाजसेवी, व्यापारी,पत्रकार, बिद्धिजीवी र समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित